काठमाडौं –
राष्ट्रिय परीक्षा बोर्डले भदौ २८ र २९ गते सञ्चालन हुने भनिएको कक्षा १२ को मौका (पूरक)परीक्षा स्थगित गरेको छ ।
बोर्डले आज एक सूचना जारी गर्दै हाल देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।
बोर्डका अनुसार स्थगित परीक्षाको नयाँ तालिका पछि प्रकाशन गरिनेछ । साथै संशोधित परीक्षा तालिका सार्वजनिक गर्दा कम्तीमा ७ दिनको समयावधि दिइने पनि बोर्डले स्पष्ट पारेको छ ।
Post Views: 62