काठमाडौं –
नेपालका विभिन्न कारागारबाट अहिलेसम्म १३ हजार ५७२ भन्दा बढी कैदीबन्दी फरार भएका छन्। यस घटनाले देशभरको सुरक्षा व्यवस्था र कारागार प्रणालीमा ठूलो प्रश्न उठाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विनोद घिमिरेका अनुसार फरार कैदीबन्दीसँगै हिरासतमा रहेका ५६० जना थुनुवा पनि भागेका छन्। यी थुनुवा विभिन्न आपराधिक मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका थिए।
मंगलबार देशभर जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना घट्दा कैदीबन्दी र थुनुवा फरार हुने संख्या अझै बढेको जनाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको र फरार व्यक्तिहरुको खोजी, ट्र्याकिङ र पक्राउका लागि अभियानलाई तीव्र पारेको जनाएको छ।
Post Views: 41