२०८२ आश्विन १ गते, बुधबार २०:२६

जेनजी आन्दोलनपछि प्रहरीको क्षति विवरण संकलन सुरु

काठमाडौं –

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको विवरण संकलन सुरु गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार अहिले प्रारम्भिक विवरण संकलन भइरहेको छ।

उनका अनुसार काठमाडौंका अधिकांश प्रहरी वृत्तमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। विशेषगरी महाराजगञ्ज प्रहरी वृत्तमा त प्रहरी कर्मचारी भित्रै रहँदा आगजनी गरिएको थियो।

प्रारम्भिक आकलनअनुसार त्यहाँ दुई जनाको मृत्यु भएको र २१ जनाको उद्धार गरिएको छ। यस्तै, कोटेश्वर क्षेत्रमा ज्यान गुमाएका ३ जनाको शव प्रहरी कर्मचारीकै रहेको खुलेको छ। तर सिभिल अस्पतालमा रहेका ती शवको औपचारिक सनाखत अझै हुन बाँकी रहेको प्रवक्ता घिमिरेले बताए।

बुधबारदेखि काठमाडौंका सबै प्रहरी वृत्तमा प्रमुखहरूले पुनः कमाण्ड सम्हालेका छन्। तर कतिपय प्रहरी कर्मचारी अझै सम्पर्कबिहीन रहेको र उनीहरूलाई सम्पर्कमा ल्याउन सर्कुलर जारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस