२०८२ भाद्र २८ गते, शनिबार १९:०२

वीरगन्जका निजी तथा आवासीय विद्यालयहरू आइतबार देखि पुनः सञ्चालनमा

वीरगन्ज-

जेन–जी आन्दोलनका कारण लामो समयदेखि बन्द रहेका वीरगन्जका निजी तथा आवासीय विद्यालयहरू आइतबार (भदौ २९) देखि पुनः सञ्चालनमा आउने भएका छन्।

नेशनल प्याब्सन पर्साका अध्यक्ष सोनालाल सरका अनुसार विद्यालयहरूलाई नियमित सञ्चालनमा ल्याउन आवश्यक तयारी पूरा भइसकेको छ। उनले विद्यालय लामो समयसम्म बन्द हुँदा विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने भएकाले विद्यालय खोल्ने निर्णय गरिएको बताए।

“लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरूको अध्ययन प्रभावित भएको छ,” अध्यक्ष सरले भन्नुभयो।

प्याब्सनका अनुसार जेन–जी आन्दोलनपश्चात वीरगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएको र बजार, पसल पनि खुलिसकेकाले विद्यालय खोल्ने वातावरण बनेको हो।

अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनलाई आइतबारदेखि नियमित रूपमा विद्यालयमा उपस्थित हुन आग्रह गर्दै प्याब्सनले यस कदमले विद्यार्थीहरूको शैक्षिक क्षतिलाई कम गर्ने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस