२०८२ भाद्र ३० गते, सोमबार १८:२३

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं-

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए  ।

त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थि ए।

पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ ।

अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन । जेन–जी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंलगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस