२०८३ जेष्ठ ९ गते, शनिबार १३:२७

नारायणी अस्पतालमा आगलागी

वीरगन्ज-

वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ। अस्पतालको बाल सघन कक्ष (एनआईसियु)सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर)मा बिहान ४ बजे आगलागी सुरु भएको हो।

स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान ४ बजे सुरु भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा लिइएको हो।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिनुभयो। यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्षति पुगेको छ। के–के सामग्री जलेका छन् र के–के बाँकी छन् भन्ने विषयमा तत्काल भन्न नसकिने उहाँले बताउनुभयो।

अस्पतालका कर्मचारीका अनुसार पुरानो विद्युत् तारमा बढ्दो लोडका कारण आगलागी भएको हुन सक्छ।

न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ। हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन्।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस