२०८२ भाद्र ३१ गते, मंगलवार २०:१२

हेटौंडामा नेपाली सेनाको ट्रक दुर्घटना, ४ जना घाइते

हेटौंडा-

हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले प्रारम्भिक जानकारी उद्धृत गर्दै उनीहरूको अवस्था सामान्य रहेको बताए।

प्रहरी टोली घटनास्थलमा खटिएको र दुर्घटनाको कारणबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस