२०८२ आश्विन २० गते, सोमबार १३:५१

आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो

काठमाडौं-

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

पोडकास्ट सुन्नुहोस