काठमाडौं-
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबका कारण रोकिएका सबै अनुसन्धान फाइल अब खोलिने बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) अनुगमनपछि मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “पोलिटिकल कनेक्सनका आधारमा रोकिएका वा बिथोलिएका अनुसन्धान अब हुन्छ ।”
उनका अनुसार सुशासनविना शान्ति–सुरक्षा सम्भव छैन र शान्ति–सुरक्षाविना निर्धारित समयमै निर्वाचन गर्न सकिँदैन ।
गत भदौ २४ गते जेन–जेड आन्दोलनका क्रममा सीआईबी कार्यालयमा क्षति पुगेपछि अवलोकन गर्न पुगेका मन्त्री अर्यालले अपराध, आर्थिक तथा वित्तीय अनियमिततासम्बन्धी रोकिएका फाइल खोल्ने र अनुसन्धानमा अवरोध हटाउने निर्देशन दिएका छन् ।
Post Views: 50