काठमाडौँ-
राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।
यस वर्षको पूरक परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका बोर्डले जनाएको छ।
पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो। गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन–ग्रेडेड’ पाएका तथा अनुपस्थित विद्यार्थीलाई बोर्डले पूरक परीक्षामा सहभागी हुने अवसर दिएको थियो।
Post Views: 46