२०८२ आश्विन २० गते, सोमबार १३:४९

तिहार अगाडि शिक्षकलाई तलब नखुवाए कडा कारवाही हुन्छ : मन्त्री पुन

वीरगन्ज-

मिठो मसिनो खाने र परिवारसँगै रमाईलो गर्ने नेपालीको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको बडादशैंमा पनि शिक्षकलाई तलब नदिनु गलत भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बताउनुभएको छ । काठमाडौंबाट शुक्रबार टुरिस्ट बस चढी पोखरा तर्फ जाने क्रममा मन्त्री पुनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले तिहार अगाडि शिक्षकलाई तलब सुविधा उपलब्ध नगराउने विरुद्ध कडा कारवाही गरिने जानकारी दिनुभयो। उहाँले शिक्षकलाई समयमा तलब उपलब्ध गराउनु सरकारको प्राथमिक जिम्मेवारी हो र त्यस जिम्मेवारीलाई पूरा नगर्ने स्थानीय तहका सम्बन्धित अधिकारीलाई कारवाही हुने बताउनुभयो।

शिक्षकहरूले सेवा दिन्छन्, तलब तिनको अधिकार हो, उनलाई अधिकारबाट वञ्चित गरिए सहेर आफु नबस्ने बताउँदै मन्त्री पुनले धेरै ढिलासुस्ती भइसकेको छ, अब नगरौं, गरे कारवाहीका लागि तयार भएर बस्न कर्मचारीहरूलाई चेतावनी दिनुभयो। उहाँले जनताको विश्वासलाई आफुले सबैभन्दा ठूलो प्रेरणा मानेको विचार व्यक्त गर्दै मन्त्री पुनले शिक्षा, विज्ञान, अनुसन्धान र प्रविधिको विकासमा आफु सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पोडकास्ट सुन्नुहोस