२०८३ असार २४ गते, बुधबार ०८:२२

टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ –

आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट फाइनल खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको छ।

वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन्। क्यानले उनलाई ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा राखेको छ। यसअघि क्यानले यूएईमा गएका खेलाडीहरू नै छनोटका लागि ओमान प्रस्थान गर्ने जनाएको थियो।

क्यानका प्रवक्ता छुम्बी लामाले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो टोली घोषणा गरिएको हो। टी–२० विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ।

नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्ने तालिका छ।

नेपाली टोली

  • रोहित कुमार पौडेल (कप्तान)

  • दीपेन्द्र सिंह ऐरी (उपकप्तान)

  • कुशल भुर्तेल

  • लोकेस बम

  • कुशल मल्ल

  • आसिफ सेख

  • आदिल आलम

  • करण केसी

  • नन्दन यादव

  • सन्दीप लामिछाने

  • सन्दीप जोरा

  • आरिफ सेख

  • ललित नारायण राजवंशी

  • गुलशन झा

  • सोमपाल कामी

प्रतिक्रिया

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश काठमाडौं ।

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश काठमाडौं ।

प्रदेश

खेलकूद

पोडकास्ट सुन्नुहोस

यो पढ्न छुटनुभयो ?