२०८३ आश्विन २७ गते, मंगलवार १८:०३

अनेरास्ववियुद्वारा बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी

काठमाडौं—

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको जनाएको छ।

२४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा संसद् भवनदेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको घटनामा उनीहरूको संलग्नता भएको आरोप लगाउँदै अनेरास्ववियुले आजै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्ने तयारी गरेको हो।

अनेरास्ववियुका अनुसार, आन्दोलनको नाममा राज्यका संवेदनशील संरचनामा भएको क्षतिका जिम्मेवारहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै जाहेरी दर्ता गरिँदैछ।

यसअघि जेन–जी आन्दोलनमा सहभागी प्रतिनिधिहरूले भने आन्दोलनका क्रममा दमनकारी भूमिका खेलेको भन्दै शीर्ष नेताहरूको पक्राउ माग गर्दै जाहेरी दिएका थिए। उनीहरूले मृतक र घाइतेहरूका तर्फबाट न्याय माग्दै प्रहरीमा उजुरी दिएका थिए।

यससँगै जेन–जी आन्दोलनको मुद्दा राजनीतिक रूपमा थप तातो चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस