वीरगन्ज —
वीरगन्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिकै गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिकै गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीका अनुसार धोरे टोलका २४ वर्षीय अंशु गिरीलाई वीरगन्जबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना ग्याङबीचको होडबाजी र पुरानो रिसइबीको कारणले भएको निष्कर्ष निकालेको छ।
घटनाको राति करिब ११:३० बजे झगडा सुरु भएको थियो। गम्भीर घाइते बनेका गोल्डेनलाई तत्काल नारायणी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। अनुसन्धानले मृतक र विपक्षी समूहबीच पहिल्यै मनमुटाव र विवाद चल्दै आएको पुष्टि गरेको छ।
प्रहरीका अनुसार, गोल्डेन गहवामाई मेलामा गएको बेला विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर हात, मुक्का र बाँसका भाटा प्रहार गरी हत्या गरेका थिए।
मुख्य आरोपी अंशु गिरी पक्राउ हुनु अघि नै पाँच जना अभियुक्त — १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी (करण प्रसाद) पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा —लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सबै अभियुक्त वीरगन्ज–२४, रामगढवाका निवासी हुन्।

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको

नेपाल पत्रकार महासंघ पर्साले निवर्तमान अध्यक्ष अनुप तिवारीलाई शाखाको निर्णयपुस्तिका,