२०८३ आश्विन २७ गते, मंगलवार १५:३२

बाजुरामा सडेगलेको अवस्था एक महिलाको शव फेला

बाजुरा-

बाजुरामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कर्णाली नदीमा वेवारिसे अवस्थामा उक्त शव फेला परेको हो ।

जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देव वहादुर चौधरीले बताए ।

उनका अनुसार कर्णाली नदीमा नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बताएका छन्। वेवारिसे अवस्थामा महिलाको शव फेला परेको भन्ने खवर स्थानीयले  प्रहरी चौकी धुलाचौरलाई खवर गरे पश्चात् घटनास्थलमा प्रहरी खटाई शव नियन्त्रणमा लिएको बताएका छन् ।

फेला परेको शवको पहिचान भने हुन सकेको छैन्।शवको सनाखत हुन बाँकी छ । शव महिनौ दिनको हुनसक्ने प्रहरीले बताएको छ । शव पुरै कुहिएको अवस्थामा नदीको छेउमा फेला परेको हो ।

घाँटीमा लगाईएको लकेटका आधारमा पहिचान गर्न सकिने प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस