२०८२ आश्विन २४ गते, शुक्रबार १९:३६

मुख्यमन्त्री सतिश कुमार सिंह असोज २८ गते विश्वासको मत लिँदै

फाईत तस्विर

जनकपुर-
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी असोज २८ गते (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री सिंहले नेपाल संविधानको धारा १८८ को उपधारा (९) बमोजिम विश्वासको मतका लागि मिति निर्धारण गरी दिन प्रदेश सभामा पत्र पठाएका छन्।

प्रदेशसभामा पठाइएको पत्रमा उल्लेख छ, “नेपालको संविधानको धारा १८८ को उपधारा (९) बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।”

प्रदेश सरकार गठन भएको केही समयपछि राजनीतिक समीकरणमा परिवर्तन आएपछि मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्।

पोडकास्ट सुन्नुहोस