२०८२ आश्विन २५ गते, शनिबार १९:२५

एमाले र कांग्रेस दुवैको बैठक आज पनि जारी, महाधिवेशन र राजनीतिक एजेन्डामा केन्द्रित छलफल

काठमाडौं –
नेपालका दुई ठूला राजनीतिक दल -नेकपा (एमाले) र नेपाली कांग्रेस -दुबैका बैठकहरू आज पनि जारी रहेका छन्।

एमालेको सचिवालय बैठक
नेकपा ९एमाले०को सचिवालय बैठक आज (शनिबार) बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा बस्दैछ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, बैठकमा आगामी महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ।

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टी एकता सुदृढ गर्ने, नेतृत्व पुस्तान्तरण, र संगठनात्मक बलियोपनबारे विस्तृत छलफल भएको थियो।
एमालेले यही असोज २९ देखि ३१ गतेसम्म केन्द्रीय कमिटी बैठक बसाउने तयारी गरेको छ, जसमा सचिवालयले तय गर्ने निर्णयहरू अनुमोदन हुने अपेक्षा गरिएको छ।

कांग्रेसको पदाधिकारी बैठक पनि सानेपामा जारी
यसैबीच, नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ।
बिहीबारदेखि निरन्तर जारी बैठकमा केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंग्याउने कार्य भइरहेको छ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आफ्ना धारणा राखिरहेका छन् भने आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिइएको छ।

बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रम, र हालैको जेनजी आन्दोलनको राजनीतिक प्रभावबारे पनि गम्भीर बहस गरिरहेका छन्।

पोडकास्ट सुन्नुहोस