वीरगन्ज-
बारा–पर्सामा वितरण गरिने हैजा विरुद्धको खोप पूर्णरुपमा सुरक्षीत रहेको विषेशज्ञहरुले बताएका छन् । जिल्ला खोप समन्वय समिति पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि भएका विश्व स्वास्थ्य संगठन( डब्लु एच.ओ) र युनिसेफ नेपालका प्रतिनिधीहरुले यस्तो बताउनु भएको छ ।
बारा–पर्सा जिल्लामा फैलिएको हैजाको माहामारीलाई नियन्त्रण गर्ने वितरण गर्न लागिएको हैजा विरुद्धको खोपलाई विश्व स्थास्थ्य संगठनले सिफरिस गरेको र यसलाई वितरण गर्न नेपाल सरकारले स्कृति दिएकाले डराउनु पर्ने अन्य कुनै कारण नभएको विश्व स्वास्थ्य संगठनका नेपालका प्रतिनिधी डा.पवन उपाध्यायले जानकारी दिनुभयो। उहाँले खोपको प्रभावकारिता ८१ प्रतिशत भन्दा बढी भएकाले र्निधक्क भई हैजा विरुद्धको खोप सेवान गर्न सर्वसाधारलाई उहाँले अपिल गर्नुभयो।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै युनिसेफका प्रतिनधी प्रकास चन्द्र जोशिले खोप सेवन गर्दा एक लाखमा एक÷दुई जनामा भोमेटिङ, तथा झडा पखलासंगै समान्य ज्वरोको समान्य लक्षण देखिने भएकाले त्यसबाट नडराउन सर्वसाधराणलाई अपिल गर्नु भएको छ ।
वितरण गर्न लागिएको खोप अभियानलाई र्निवाद रुपमा संचालन गर्न आवस्यक जन शक्ति तथा भइपरिआएको खण्डमा दक्ष चिकित्सक समेत परिचालन गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
छलफल कार्यक्रममा सहजकर्ताका रुपमा रहेका जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक अधिकृत जयमोद ठाकुरले आइवार विहान देखि पर्सा जिल्लाको १४ वटै पालिकामा एकै चोटि खोप वितरण सुरु गरिने जानकारी दिनुभयो। उहाँले पहिलो चरणमा जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई वितरण गरिने छभने, सो लगतै जनस्तरमा खोप वितरण अभियानलाई अगाडी बढाइउने बताउनुभयो।
नेपाल सरकारले पर्सा जिल्लाको १४ वटा पालिकाको लागि ६ लाख ६५ हजार थान खोप पठाएको छ भने बारा जिल्लाको ६ वटा पालिमा वितरण गर्न ३ लाख ५३ हजार थान खोप पाएको उहाँले बताउनुभयो ।
बारा पर्सा जिल्लामा देखिएको हैजाको महामारिलाई पूर्ण रुपमा नियन्त्रण गर्ने एक मात्र उपाय हैजा विरुद्धको खोप वितरण नै रहेकाले खोप सेवनबाट कोही नागरिक बन्चित नहुने गरि जन स्वास्थ्य कार्यालयले तयारी गरेको अधिकृत ठाकुरले जानकारी दिनुभयो । उहाँले पर्सा जिल्लामा खोप वितरण कार्यक्रमलाई सहज रुपमा संचालन गर्न वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिकाल लगायतका चार स्थानमा खोप भण्डारण तथा वितरण गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
आइतबार विहानै देखि खोप वितरण अभियान पर्साको १४ वटै पालिकामा सुरु भएपनि विहान ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी लगायतका नेपाल सरकारका कर्मचमरीलाई खोप खुवाई अभियानको उद्घाटन गर्ने तयारी रहेको अधिकृत ठाकुरले जानकारी दिनुभयो।
वितरण गर्न लागिएको खोप एक वर्ष मुनिका वालवालिका, ज्वरो भएका तथा उच्च मधुमेह रहेका विरामिलाई वितरण गर्न नसकिने भएकाल ज्वरो भएका वा मधुमेह बढेका विरामीले खोपको सेवन गर्न नारायणी अस्पतालको आकास्मीक कक्षका प्रमुख डा .कृष्णा साहले वैठकमा जानकारी दिनुभयो। उहाँले ज्वरो निको भएपछि तथा मधुमेह कम भएपनि खोप सेवन गर्न मिल्ने उहाँले बताउनुभयो।
जिल्ला समन्वय समितिको संयोजक निरन्जन प्रसाद साह सोनारको अध्यक्षतमा भएको छलफल कार्यक्रममा समन्वय समितिका सह संयोजक पूर्ण प्रसाद कुर्मी, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नारायणी अस्पतालका सुचना अधिकारी डा. उदयनारायण सिंह, नेपाल पत्रकार महासंघ पार्सका सचिव विजय चौहान लगायतकाको उपस्थिती रहेको थियो ।