२०८२ आश्विन ३१ गते, शुक्रबार १७:०४

कक्षा ११ आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, ९ हजार ४५६ विद्यार्थी उत्तीर्ण

काठमाडौ-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार गोरखापत्र दैनिकमार्फत सूचना जारी गर्दै नतिजा प्रकाशित भएको जानकारी दिएको हो।

बोर्डका अनुसार पुराना आंशिक परीक्षामा सहभागी ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ विद्यार्थी सहभागी भएका थिए, जसमा ३ हजार ५४० जना सफल भएका छन्।

यसरी दुई परीक्षासमेत गरी कुल १३ हजार ९१० विद्यार्थीले परीक्षा दिएका मध्ये ९ हजार ४५६ जनाले सफलता हासिल गरेका छन्। बोर्डका अनुसार २ जनाको परीक्षा रद्द गरिएको छ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल सेवामार्फत पनि नतिजा हेर्न सक्नेछन्।

नेपाल टेलिकमको १६०० नम्बरमा एनइबी (NEB) टाइप गरी एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखी एसएमएस पठाएपछि नतिजा प्राप्त गर्न सकिन्छ। साथै १६०० वा ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा सुन्न सकिनेछ।

पोडकास्ट सुन्नुहोस