२०८२ कार्तिक ३ गते, सोमबार १९:१९

कालिकामाई युवा समाजले दलित बस्तीमा पुगेर मनायो दोस्रो वार्षिक उत्सव

वीरगन्ज-
कालिकामाई गाउँपालिका–२ स्थित कालिकामाई युवा समाजले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा दलित बस्ती पुगेर सहयोगात्मक कार्यक्रम सम्पन्न गरेको छ।

संस्था स्थापना भएको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेशको अवसरमा समाजले कालिकामाई गाउँपालिका–१, गोपालपुरस्थित माझी समुदायका करिब ५० परिवारलाई लुगा, मैदा, चिनी, रिफाइन तेल, अगरबत्ती, सलाही लगायतका छठ पर्वका प्रसाद सामग्री वितरण गरेको हो।

कार्यक्रममा समाजका अध्यक्ष आकाश चौरसियाले संस्थाले सुरुदेखि नै स्वच्छ, समृद्ध र सहयोगी समाज निर्माणमा योगदान पुर्‍याउँदै आएको बताउँदै, यसपटकको वितरण कार्यक्रम संस्थाका सदस्यहरूको निजी स्रोतबाट गरिएको जानकारी दिए। उनले सहयोगी हातहरूलाई धन्यवाद दिंदै सबैमा दीपावली र छठ पर्वको शुभकामना व्यक्त गरे।

उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष लालबाबु प्रसाद चौरसिया र विशिष्ट अतिथि वडा नं. २ का अध्यक्ष सोनालाल प्रसाद चौरसियाले दुवै पर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन कालिका एकेडेमीका प्रमुख प्रशासक लक्ष्मण ठाकुरले गरेका थिए।

सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष आकाश केवट, उपाध्यक्ष भरत साह, सचिव विकास पटेल, कोषाध्यक्ष बुलेट तिवारी, संस्थापक सदस्यहरू राकेश सराफ, मोहन महतो, रमेश चौरसिया, चन्द्रशेखर पटेल, दिपेन्द्र गुप्ता, सुदिप चौरसिया, सदस्यहरू नितेश कुशवाहा, अशोक साह, यूराज पटेल, साथै इलाका प्रहरी कार्यालय बिरञ्चिबर्वाका प्रहरी सहायक निरीक्षक जगमोहन साह कानु, तिन्डोभिया युवा क्लबका अध्यक्ष कृष्ण पटेल, ने.वि.सं.का अध्यक्ष राजेश कुशवाहा, प्रिन्स शर्मा लगायतको उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस