२०८३ जेष्ठ २७ गते, बुधबार १२:५१

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते

सर्लाही-

सर्लाहीको कबिलासी नगरपालिका – ६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइए पनि चिकित्सकले साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका हुन्।

मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

पोडकास्ट सुन्नुहोस