२०८२ चैत्र २३ गते, सोमबार १७:१३

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

वीरगन्ज-
नेशनल मेडिकल कलेज प्रा.लि. र विश्रामपुर गाउँपालिकाबीच मंगलवार एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगन्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार, विश्रामपुर गाउँपालिकाका पाँच वटै वडाका बासिन्दालाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

सम्झौतामा विश्रामपुर गाउँपालिकाको तर्फबाट अध्यक्ष जुल्फकार अली भुटो, प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी र स्वास्थ्य शाखा प्रमुख अली अकबर हुसेनको रोहवरमा सम्झौता सम्पन्न भएको हो।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा कलेजका इन्जिनियर प्रदीप चौधरी, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत पप्पु सिंह, तथा प्रेस सल्लाहकार आशिक अन्सारीको उपस्थिति रहेको थियो।

त्यसैगरी, विश्रामपुर गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य राजेन्द्र पाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद साह, न्यायिक समिति सदस्य मंजुर आलम, गाउँ प्रहरी मुकतार आलम, र सञ्चारकर्मी जोतिलाल पण्डित समेत उपस्थित थिए।

अध्यक्ष जुल्फकार अली भुटोले सम्झौतापत्रमा हस्ताक्षर गर्दै भने,“यो सहकार्यले गाउँपालिकावासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। हामी स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्छौं।”

सम्झौताले अस्पताल र गाउँपालिका बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने र संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सम्बन्ध सुदृढ पार्ने विश्वास व्यक्त गरिएको छ।

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

पोडकास्ट सुन्नुहोस