२०८३ आश्विन २१ गते, बुधबार १८:४०

मधेस प्रदेशमा राजनीतिक तनाव : उपसभामुखले सभामुखद्वारा पाँच सांसद पदमुक्त गर्ने निर्णय बदर

पर्सा-

मधेस प्रदेश सभामा उत्पन्न राजनीतिक विवाद चरममा पुगेको छ। सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णय गरेलगत्तै उपसभामुख बबिता कुमारी राउतले उक्त निर्णय बदर गरेकी छन्।

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामै बिहीबार उनले लगातार १० वटा बैठकमा अनुपस्थित रहेको आधारमा जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक जना सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए।

तर केही बेरमै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै, सभामुखमाथि महाभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद नै रिक्त मानिने दाबी गरिन्। त्यसैले सभामुखले लिएर जारी गरेका निर्णय वैधानिक नहुने बताउँदै उनले पाँच सांसद पदमुक्त गर्ने निर्णय तत्क्षण बदर गरिएको घोषणा गरिन्।

सभामुख मण्डल नेकपा एमालेबाट निर्वाचित हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।
मधेस प्रदेश सभामा बढ्दो राजनीतिक किचलोले आगामी प्रक्रियामा अझै जटिलता उत्पन्न गर्ने संकेत दिएको छ।

प्रतिक्रिया

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

पोडकास्ट सुन्नुहोस