२०८२ फाल्गुन २० गते, बुधबार ०९:२९

पर्सामा नयाँ उद्योग दर्ता गराउनेको ९ प्रतिशतले वृद्धि

वीरगन्ज-
धेरै समयदेखि आर्थिक मन्दीको भुमरिमा फसेको नेपाली अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक सुधारका केही संकेतहरू देखापर्न थालेका छन्। आर्थिक मन्दीका कारण राजस्व संकलनमा देखिएको संकुचन विस्तारै कम हुँदै गएको छ भने उद्योग–व्यापारको वातावरण पनि बन्दै गएको संकेतहरू देखिएका छन्।

देशकै मुख्य व्यापारिक नाका तथा आर्थिक गतिविधिको केन्द्रविन्दु मानिने पर्सा जिल्लामा पछिल्लो समय नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ। आर्थिक मन्दीको प्रभाव कम हुँदै मुलुकमा उद्योग–व्यापारको वातावरण सुध्रिँदै गएपछि पर्सामा नयाँ उद्योग दर्ता ९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नयाँ उद्योग दर्ता हुने सङ्ख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ।

आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्मको तीन महिनामा २ सय ७० वटा उद्योग दर्ता भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ सय ९३ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियारले जानकारी दिनुभयो। उहाँका अनुसार गत आवको पहिलो त्रैमासिकको तुलनामा चालु आवमा २३ वटा बढी उद्योग दर्ता भएका छन्।

गत वर्ष दर्ता भएका नयाँ उद्योगले ९ सय १७ जनालाई रोजगारी सृजना गरेकोमा चालु आवमा दर्ता भएका उद्योगहरूले १ हजार ६२ जनालाई रोजगार प्रदान गरेका छन्। गोप्यखबरसँग कुरा गर्दै प्रमुख पंजियारले एकतर्फ नयाँ उद्योग दर्ता हुने सङ्ख्या बढेको र अर्कोतर्फ उद्योगहरूको लगत कट्टा गराउने सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो। गत आवको पहिलो त्रैमासिकमा ३७ वटा उद्योगले लगत कट्टा गराएकोमा चालु आवमा २१ वटा उद्योगले मात्र लगत कट्टा गर्न उजुरी दर्ता भएको बताउनुभयो।

गत वर्ष दर्ता भएका उद्योगहरूको कुल पूँजी ५६ करोड ७५ लाख ६० हजार रुपैयाँ रहेकोमा चालु आवमा दर्ता भएका उद्योगहरूको कुल पूँजी ३.२६ प्रतिशतले वृद्धि भई ५८ करोड ६० लाख ७३ हजार रुपैयाँ पुगेको प्रमुख पंजियारले बताए। उहाँका अनुसार गत वर्ष उद्योग दर्ता, नविकरण लगायत शीर्षकमा २० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवमा १० लाख ९७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ। चालु आवमा उद्योग दर्ता गर्दा सरकारले लाभग्राहीले तिर्नुपर्ने राजस्वमा ठूलो छुट दिएको हुँदा गत वर्षको तुलनामा राजस्व संकलन कम देखिएको कार्यालय प्रमुखको भनाइ छ।

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पोडकास्ट सुन्नुहोस