२०८२ कार्तिक २९ गते, शनिबार १४:१९

मधेस प्रदेशका सभामुख मण्डलद्वारा सर्वदलीय बैठक, प्रदेश भवन बाहिर सात दलको प्रदर्शन

काठमाडौं-
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आज दिउँसो ३ बजे सर्वदलीय बैठक बोलाएका छन्। बैठकबारे जानकारी सभामुखका प्रेस सल्लाहकार अवधेश कामतले दिएका छन्।

प्रदेशसभामा बढ्दो राजनीतिक तनाव, हालका निर्णय र प्रतिनिधिहरूबीचको मतभेदपछि बोलाइएको बैठकलाई महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

यता, प्रदेश भवन अगाडि सात दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका छन्। परिस्थिति संवेदनशील बन्दै गएपछि सुरक्षाकर्मीहरू कडाइका साथ तैनाथ गरिएको छ।

बैठकले राजनीतिक संकट समाधान र प्रदेशसभाको आगामी कार्यसूचीबारे सम्भावित निर्णय लिने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस