२०८३ आश्विन २७ गते, मंगलवार १५:५७

पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं

काठमाडौं-

कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् ।
मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए ।

उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’

उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमा दुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका छन् ।
यस्तै, चितवन राइनोजको प्रशिक्षक कमल अलिले सोचेको जस्तो सुरुवात भएको कारण खेल जित्न सफल भएको बताए ।
उनले भने, ‘हामीले सोचेको जस्तो सुरुवात त भएको हो । योजना बनाएर पनि आएका थियौ त्यसकारण खेल जित्न पनि सफल भयौं ।’

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस