वीरगन्ज-
वीरगन्ज नाका हुँदै भारतबाट नेपाल तर्फ पछिलो समय नेपाली मुद्राकोे अवैध ओसारपसार बढेको छ । रक्सौलमा भण्डार हुँने नेपाली रुपैयालाई अहिले हुण्डीका कारोवारीहरुले वीरगन्ज र यस असपासका नाकाबाट मोटरसायिकलमा लुकाई नेपाल भित्र्याउने क्रममा बढदै गएको छ ।
यसै क्रममा बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट आज सशस्त्र प्रहरीले दुई वटा मोटरसायिकलमा लुकाई छिपाई भित्र्याएको १३ लाख रुपैया सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
रक्सौलबाट लु४ प ६४६२ नम्बरको मोटरसायिकलको सिट मुनी लुकाईएको १० लाख रुपैया सहित प्रहरीले भारत विहारको रक्सौल निवासी अमर हजन र वि.आर ५ ए .भि ५९८३ नम्बरको भारतीय मोटर सायिकलमा लुकाइएको ३ लाख रुपैया सहित रक्सौल कै निवासी आनन्द कुमारलाई पक्राउ गरेको हो ।
रक्सौलबाट बलिराम पुरहुँदै नेपाल भित्रीएका दुवै मोटरसायिकलमाथि संकालागि चेक जाँच गर्दा मोसको सिटमुनी लुकाई राखिएको आवस्थामा नेपाली रुपैया बरामद भएपछि पक्राउ परेका दुवै जनालाइ आवस्यक कार्यवाहीका लागि आजै वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बाराका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक खुमबहादुर के.सीले जानकारी दिनुभयो।
उहाँले सिमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीको नियमित चेक जाँचको क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको बताउनुभयो।














