काठमाडौं-
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गर्नुभयो । महासचिव पोखरेलले सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत बताउनु भयो ।
महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोप समेत लगाउनु भयो ।
Post Views: 17















