२०८२ मंसिर ६ गते, शनिबार १६:१८

‘भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाहरुको आन्दोलने नयाँ उर्जा दियो’: संयोजक दाहाल

काठमाडौं-

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताउनुभएको छ ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताउनुभएको हो । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गर्नुभयो । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उहाँले युवाहरुलाई धन्यवाद समेत दिनुभयो ।

उहाँले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस