२०८२ मंसिर ७ गते, आईतवार ०८:३४

मधेश केन्द्रित दलले निर्वाचनमा तालमेल गर्ने

जनकपुरधाम –

मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाले आगामी फागुन २१ गते हुने निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ।

मोर्चाका संयोजक महन्थ ठाकुर द्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनमा समेत मोर्चामा रहेका दलहरूबीच तालमेल हुने उल्लेख छ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको जनता प्रगतिशील पार्टी रहेका छन्।

मोर्चाले निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष तथा शांत वातावरणमा सम्पन्न गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आवश्यक तयारी गर्न माग गरेको छ।

यद्यपि मोर्चामा आवद्ध जनमत पार्टी पछिल्ला बैठकहरूमा अनुपस्थित रहँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पोडकास्ट सुन्नुहोस