२०८२ मंसिर ७ गते, आईतवार १४:३३

जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण

जनकपुर –

जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा १११ मिटरको चुनरी चढाइएको छ ।

आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा १११ मटिर लामो चुनरी माता सीतालाई अपर्ण गरिएको छ ।

जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकरी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मुर्तिमा सो चुनरी अपर्ण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहित कुमार अग्रवालले जानकारी दिए ।

उनले गत वर्ष १०८ मिटरको चुनरी माता सीतालाई चढाइएकोमा यस वर्ष १११ मिटरको चुनरी चढाएको बताए ।

उनले नेपालको विकास र शान्तिका लागि माता सीतालाई चुनरी अपर्ण गरेको बताए । उनले आब पश्चात प्रत्येक वर्ष चुनरी चढाउने कार्यक्रम गर्ने जानकारी दिए ।

चुनरी अपर्ण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो ।

पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौँः जनार्दन शर्मा

काठमाडौँ- प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती

पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौँः जनार्दन शर्मा

काठमाडौँ- प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती

पोडकास्ट सुन्नुहोस