जनकपुर –
सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो ।
रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ । सो पश्चात उनीहरुलाई सरसामान र दक्षिणा दिई विदाई गरिन्छ । रामकेलवा विधि भईरहँदा मिथिलानी नारीहरुले सम्पूर्ण बारातीहरुलाई मैथिली परम्परा अनुसार गालि गर्ने चलन रहेको छ ।
रामकलेवा हेर्न हजारौं श्रद्धालुभक्तजनको घुँईचो लागेको थियो । रामकलेवा सम्पन्न भएपछि जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले महोत्सव समाप्त भएको घोषणा गरेका थिए ।
भारतलगायत नेपालका विभिन्न स्थानहरुबाट महोत्सव हेर्न आएका भक्तजनहरु घर फर्किएका छन् ।
Post Views: 26















