२०८३ आश्विन २० गते, मंगलवार ०५:०९

जसपा प्रदेश अध्यक्ष यादवले पार्टी छाडे, मधेशकेन्द्रित दलबाट विकास सम्भव नभएको दाबी

सर्लाही –

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पद तथा पार्टी दुवै त्याग्दै राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन् ।

विहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन् ।

यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन् ।

उनले सार्वजनिक गरेको पत्रमा ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्मको यात्रामा अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आवाज उठाउँदा थुना, जेल र मुद्दा मामिलासमेत भोगेँ। तर अब मधेश र देशको विकासका लागि नयाँ विकल्प खोज्नु आवश्यक भएको निष्कर्षमा पुगेको छु,’ यादवले लेखेका छन् ।

उनले आफ्नो जीवन जोखिममा राखेर पनि अधिकारका मुद्दाहरू उठाउँदै आएको दाबी गरेका छन्। तर वर्तमान अवस्थामा मधेश केन्द्रित दलहरूबाट ठोस परिवर्तनको अपेक्षा असम्भव देखिएको कारण राजीनामा दिएको स्पष्ट पारेका छन्।

उनी अब नेपाल कम्युनिष्ट पार्टी (माओबादी) मा प्रवेश गर्ने तयारीमा रहेका छन्।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस