२०८३ आश्विन २० गते, मंगलवार ०४:२१

एनपीएलः लुम्बिनी लायन्सले सुदुरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं –

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको हो ।

लुम्बिनीले सुरुवाती १० ओभरमा २ विकेट गुमाएर ७० रनको अवस्थामा रहेको लुम्बिनीले बाँकी १० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्र जोड्न सक्यो । लुम्बिनीको फिनिसिङ राम्रो नहुँदा उसले मध्यम रन मात्र जोड्यो ।

आज लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने । डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस