२०८२ चैत्र २३ गते, सोमबार ०२:२३

सरकारको निर्णय: भदौ २३ ‘जेनजी सहिद दिवस’ घोषणा, ५ लाखभन्दा बढी कारोबार अब बैंकिङमार्फत अनिवार्य

काठमाडौँ –

सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारका विभिन्न निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

प्रवक्ता खरेलका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा भइसकेका परिवारलाई अब फोटोसहितको परिचयपत्र उपलब्ध गराइनेछ।

५ लाखभन्दा बढी कारोबार बैंकिङ प्रणालीमार्फत अनिवार्य

बैठकले माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा बढीको किनबेच तथा कुनै पनि प्रकारका कारोबार बैंकमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। सरकारले यो कदम बढ्दो नगद प्रवाह नियन्त्रण, आर्थिक पारदर्शिता सुनिश्चित र अवैध रकमको दुरुपयोग रोक्न प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

अन्य निर्णयहरू :

  • प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यको मनोनयन

  • कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत

  • श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर आर्थिक सहयोग

  • विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञानबहादुर थापाको नियुक्ति

  • वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा

सरकारका यी निर्णयसँगै आगामी दिनमा प्रशासनिक सुधार, वित्तीय कारोबारको नियन्त्रण तथा सहिद तथा आन्दोलनकारीका परिवारप्रति राज्यको उत्तरदायित्व थप स्पष्ट हुने जनाइएको छ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस