२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

भीएस पावरप्ले टी–२० च्यालेन्ज स्कुल्स कप २०८२ : ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल उपाधि विजेता

वीरगन्ज-

भीएस पावरप्ले टी–२० च्यालेन्ज वीरगन्ज स्कुल्स कप २०८२ अन्तर्गत आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा ग्रीन ल्याण्ड सेकेन्डरी स्कुलले बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुललाई १ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ।

बाल एकताले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको ग्रीन ल्याण्डले दवावपूर्ण परिस्थितिमा उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै १६.४ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन जोड्दै खेल जित्न सफल भयो।

फाइनल खेलमा ग्रीन ल्याण्डका सोहेब शेखले २३ रनसहित १ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई, पर्साका उप–सचिव तथा इकाइ प्रमुख मोती प्रसाद भट्टराई रहेका थिए। साथै पाब्सन केन्द्रीय सदस्य छेडुप लामा, कुसानका उपाध्यक्ष बसु कर्ण, पत्रकार अभिलाष गुप्ता, शिक्षा विकास तथा समन्वय इकाइका उप–प्रमुख गोपाल जी साहलगायतको उपस्थितिमा विजयी टीम तथा उत्कृष्ट खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

अन्य उत्कृष्टता पुरस्कार विजेताहरू :

  • श्रेष्ठ ब्याटर: रोहित शाह – बाल एकता सेकेन्डरी स्कुल (९८९ रन)

  • श्रेष्ठ बलर: सोहेब शेख – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल (१०.२ ओभरमा १० विकेट)

  • टुर्नामेन्ट अफ द सिरिज: सोहेब शेख – ग्रीन ल्याण्ड (१० विकेट, ७३ रन)

  • श्रेष्ठ विकेटकिपर: समीर हवारी – ग्रीन ल्याण्ड

  • श्रेष्ठ फिल्डर: आदित्य यादव – बाल एकता इङ्ग्लिस बोर्डिङ स्कुल

  • उदीयमान खेलाडी: राहुल यादव – ३ खेलमा ८ विकेट (मात्र ११ वर्ष)

  • श्रेष्ठ अल–राउन्डर: मिस्बाबुल अन्सारी – साउथ जोन सेकेन्डरी स्कुल (५० रन, ६ विकेट)

  • फेयर–प्ले टिम: साउथ जोन सेकेन्डरी स्कुल

प्रतियोगिता आयोजकका अनुसार स्कुलस्तरमै खेलकुदको स्तर वृद्धि, खेलाडीमा आत्मविश्वास अभिवृद्धि तथा विद्यालय–विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने उद्देश्य सफलरूपमा पूरा भएको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस