२०८२ चैत्र २० गते, शुक्रबार २१:०८

नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ : देव गुरुङ

काठमाडौं –

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव देव गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले हाल नेपालको संविधान कोमामा पुगेको जस्तो अवस्था आएको उल्लेख गरेका हुन्।

उनले भने, ‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटको अवस्थामा छ । संवैधानिक हिसाबमा भन्नुपर्दा नेपालको संविधान एउटा कोमामा पुगेको जस्तो अवस्था छ ।’

उनले संविधानलाई पुनः संवैधानिक ट्रयाकमा ल्याउनु अहिलेको प्रमुख कार्यभार भएको बताए । महासचिव गुरुङले मुलुकको लोकतन्त्र र गणतन्त्रसँगै राष्ट्रिय स्वाधीनताको प्रश्न पनि गम्भीर चुनौतीको रूपमा देखिएको बताए ।

उनले भने, ‘संविधानलाई संवैधानिक ट्रयाकमा ल्याउनुपर्ने प्रमुख कार्यभार रहेको छ । मुलुकको लोकतन्त्र, गणतन्त्रसँग जोडिएको अर्को मुद्दा मुलुकको स्वाधिनतासँग पनि जोडिएको छ । मुलुकको स्वाधिनता, सुगौली सन्धीदेखि आजसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा संकट यतिखेर राष्ट्रिय स्वाधिनतामाथि संकट पैदा भएको छ ।’

सुगौली सन्धीदेखि हालसम्मको इतिहास हेर्दा यतिखेर राष्ट्रिय स्वाधीनतामाथि सबैभन्दा ठूलो संकट उत्पन्न भएको उनको भनाइ थियो ।
उनले मुलुकको लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षण अहिलेको प्रमुख चुनौती बनेको उल्लेख गर्दै त्यसका लागि महत्वपूर्ण नीतिगत निर्णय लिनुका साथै लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस