२०८२ चैत्र २० गते, शुक्रबार २१:०७

जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलन र यो विस्फोट हुनुमा विगत लामो समयदेखि देशको राजनीतिको मुख्य भागदौड सम्हाल्ने र नेतृत्व लिने सबै दलहरुले जिम्मेवारी लिनु पर्ने नै छ । यसमा हामी सरकारमा रहदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिने छ । यस विषयमा नेकपा एमालेको महाधिवेशनमा गहन बहस हुनेछ भन्ने अपेक्षा गरेको छु ।’

यस्तै, उनले पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको माग नेतृत्व पुस्तान्तरण रहेको भन्दै नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्ने विश्वास लिएको बताए ।

उनले भने, ‘पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको चाहना अनुसार नेतृत्व पुस्तान्तरणको माग हामी सबैले बुझेका छौ । नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्नेछ भन्ने विश्वास सबैले गरेका छौ ।’

उनले मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौतीहरु सामना गर्नका लागि राष्ट्र हित तर्फ यो महाधिवेशन केन्द्रीत रहोस भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘पटक पटक सरकारको जिम्मेवारी सम्हालेको पार्टीको महाधिवेशनले लोकतान्त्रिक मुलुकमा धेरै नै ठूलो महत्व राख्छ । र एमाले त्यो महत्व कायम राख्न सफल होस । मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौतीहरु सामना गर्नका लागि राष्ट्र हिततर्फ महाधिवेशन केन्द्रीत रहोस भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।’

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस