२०८२ पुष २५ गते, शुक्रबार ११:२७

भारतीय चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक, यशको डरलाग्दो अवतार

काठमाडौं –

भारतीय अभिनेता यश अभिनीत प्रतीक्षित फिल्म ‘टक्सिकको टिजर सार्वजनिक भएको छ । रकिङ स्टारका रूपमा परिचित यशको बिहीबार परेको जन्मदिनका अवसरमा उक्त टिजर सार्वजनिक भएको हो ।

‘टक्सिक’ को एक्सनप्रधान टिजर युट्युबमा रिलिज भएको छ । २ मिनेट ५१ सेकेन्डको टिजर धमाकेदार र स्टाइलिस देखिन्छ । सार्वजनिक टिजरले उनको ’राय’ नामक पात्रको परिचय दिन्छ । यो पात्रको भूमिकामा उनी खतरनाक र क्रूर अवतारमा देखिएका छन् ।

गीतु मोहनदासको निर्देशन रहेको ‘टक्सिक’ मा यश र गीतुको लेखन छ । फिल्ममा यशसहित कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रूक्मिणी वसन्त लगायतको अभिनय हेर्न सकिनेछ । भीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसन्सको ब्यानरमा वेंकट के नारायण र यशद्वारा निर्मित ‘टक्सिक’ मार्च १९, २०२६ (५ चैत, बिहीबार) रिलिज हुनेछ ।

पोडकास्ट सुन्नुहोस