२०८३ मंसिर १२ गते, शनिबार ०:३६

दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट

काठमाडौं –

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्‍याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो। दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ।

आयोगका अनुसार कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि छनोट भएका छन्। हेलिकोप्टर सेवा सूचीकृत गर्न आह्वान गरिए पनि कुनै पनि फर्मले निवेदन नदिएको आयोगले जनाएको छ, जसका कारण उच्च हिमाली क्षेत्रमा हवाई ढुवानी चुनौतीपूर्ण हुन सक्ने संकेत गरिएको छ।

यस्तै, स्थलमार्गबाट सामग्री ढुवानीका लागि ११ वटा ट्रक तथा कन्टेनर सेवा प्रदायक सूचीकरणमा परेका छन्। आयोगले सार्वजनिक सूचनामार्फत आएका निवेदनलाई शर्त र वार्षिक औसत कारोबारका आधारमा मूल्याङ्कन गरी सेवा प्रदायक चयन गरेको जनाएको छ।

सूचीकरण भएका संस्थालाई आवश्यकता अनुसार निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस