२०८३ मंसिर १२ गते, शनिबार ०:३८

उम्मेदवारलाई छुट्टै बैंक खाताको व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह

काठमाण्डौं –
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको चुनावमा दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गरी उम्मेदवारले चुनावी खर्च गर्दा बैङ्क खातामार्फत गर्न र उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले यस्तो खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

निर्वाचन आचारसंहिताको दफा–१६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खोलिएको खातामार्फत खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा धेरैको आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्नेलगायतका प्रावधान छन् । यस्तो व्यवस्थाले निर्वाचन अभियानको आम्दानी–खर्च पारदर्शी बनाउने आयोगको अपेक्षा छ ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस