२०८२ माघ ११ गते, आईतवार १७:५२

नेपालले पायो १३३ रनको लक्ष्य

काठमाण्डौं –

आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार जारी श्रीलंका ‘ए’ विरुद्धको खेलमा जितका लागि एक सय ३३ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३२ रन बनाएको हो ।

श्रीलंका ‘ए’ का लागि करुणारत्नेले २३ बलमा ३८ रन बनाए । डिकवेलाले पनि २७ बलमा ३३ रनको योगदान गरे ।

नेपाली टोलीका बलर शेर मल्लले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिए ।

दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट हात पारे ।

पोडकास्ट सुन्नुहोस