२०८२ माघ २५ गते, आईतवार १९:०७

मधेसीको अधिकार सुरक्षित गर्ने पार्टीका उम्मेदवारलाई मतदान गर्न यादवको आग्रह

वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार रामनरेश यादवले आइतबार वीरगन्जको लालपर्साका मतदातासँग भेटघाट गर्नुभएको छ। वीरगन्ज महानगरपालिका वडा नं। ३० मा पर्ने उक्त टोलका बासिन्दाको घर–आँगनमै पुगेर उम्मेदवार यादवले जसपाको छाता चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो।

चुनावी प्रचार–प्रसारका क्रममा उहाँले आम मतदाताको घर–आँगनमा पुगेर मधेसको मुद्दा सम्बोधन गर्न जसपा मात्र सक्षम रहेको बताउँदै पार्टीको चुनाव चिह्नमा मतदान गर्न अपिल गर्नुभयो। चुनावका क्रममा विभिन्न दलका उम्मेदवारहरूले लोभ–लालच तथा विभिन्न आश्वासन दिने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै मधेसको आवाजलाई बलियो बनाउने र अधिकार सुरक्षित गर्ने पार्टीका उम्मेदवारलाई मत दिनुपर्ने उहाँको भनाइ थियो।

घरदैलो कार्यक्रममा उम्मेदवार यादवसँगै जसपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनील शर्मा, वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, जसपा पर्सा क्षेत्र नं। १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस