२०८२ माघ २७ गते, मंगलवार १७:३२

वीरगन्जको भवानीपुरमा उम्मेदवार रुङ्गटाको भव्य स्वागत

वीरगन्ज-

मतदातासँग भेटघाट गर्न वीरगन्ज महानगरपालिका–१८ भवानीपुर पुगेका नेपाली कांग्रेसका पर्सा क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटालाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्।

मंगलबार बिहान भवानीपुर पुगेका रुङ्गटालाई स्थानीय बासिन्दा तथा सबैया साझेदारी वन उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष लखनलाल साह लगायतले फूलमाला र गम्छा ओढाएर स्वागत गरेका थिए।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार रुङ्गटाले मतदाताको घरआँगनमै पुगेर सकारात्मक परिवर्तनका लागि नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरे। स्थानीयले आफूहरूले भोग्दै आएका विभिन्न समस्या उहाँसमक्ष राखेका थिए।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुङ्गटाले आफ्नो उम्मेदवारी विकास, सुशासन, शान्ति र समृद्धिका लागि रहेको दोहोर्‍याए। नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले आम नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा र महिलालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने तयारी रहेको उनले बताए।

स्थानीय अगुवा रामचन्द्र कुर्मी, प्रेस पटेल, ब्रहम राउत कुर्मी, लखनलाल साह लगायतले भवानीपुरका अधिकांश बासिन्दा परिवर्तन चाहिरहेको र विकास तथा समृद्धिका लागि कांग्रेसलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोडकास्ट सुन्नुहोस