२०८३ असार २५ गते, बिहीबार १६:२४

वीरगन्जमा सातौँ इन्डो–नेपाल क्रिकेट सुरु: उद्घाटन खेलमा छत्तीसगढको विजयी सुरुवात

वीरगन्ज-

वीरगन्जको आदर्शनगर रंगशालामा बुधबारदेखि ‘सातौँ इन्डो–नेपाल महिला तथा पुरुष T20 क्रिकेट प्रतियोगिता’ सुरु भएको छ। श्री आदर्श पशुपति क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा भारतको छत्तीसगढ टोलीले आयोजक टोलीलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको छत्तीसगढले १८.५ ओभरमा ७ विकेट गुमाउँदै १६३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको आयोजक श्री आदर्श पशुपति क्लबले राम्रो सुरुवात गर्न सकेन। आयोजक टोली १७.४ ओभरमा मात्र १२० रनमा समेटिएपछि छत्तीसगढले ४३ रनको जित दर्ता गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने छत्तीसगढका गोपाल कुमार ‘म्यान अफ द म्याच’ घोषित भए।

क्लबका अध्यक्ष सन्तोष गुप्ताका अनुसार ५ दिनसम्म चल्ने यस प्रतियोगितामा नेपाल र भारतका गरी कूल ८ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फ भारतका ४ र नेपालका २ गरी ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् भने महिलातर्फ नेपाल र भारतका १–१ टोली सहभागी छन्।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनीष सिंहले क्रिकेटको विकासमा जोड दिए। उनले पर्साका खेलाडीहरूको हक–हित र प्रवर्द्धनका लागि संघले सधैं अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलमार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत उनले व्यक्त गरे।

आयोजकका अनुसार आगामी पाँच दिनसम्म चल्ने यो प्रतियोगिताले स्थानीय स्तरका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग अनुभव साट्ने अवसर प्रदान गर्नेछ।

प्रतिक्रिया

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या,

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या,

पोडकास्ट सुन्नुहोस