२०८२ चैत्र १५ गते, आईतवार १२:४६

प्रधानमन्त्री बालेनद्वारा कुमार बेन र असीम शाह सल्लाहकार नियुक्त

काठमाडौं –
प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालय विस्तार गर्दै प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गर्नुभएको छ।
नवनियुक्त दुवै जना प्रधानमन्त्री शाहका पुराना र निकट सहयोगी हुन्। बालेन काठमाडौं महानगरको मेयर रहँदा पनि उनीहरूले व्यवस्थापकीय र राजनीतिक रूपमा सहयोग गर्दै आएका थिए।
विशेष गरी बालेन र रवि लामिछानेबीचको राजनीतिक सहकार्यलाई मूर्त रूप दिन बेनको ललितपुरस्थित निवास र शाहको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलहरूले निर्णायक भूमिका खेलेका थिए।

पोडकास्ट सुन्नुहोस