२०८२ चैत्र १५ गते, आईतवार १६:१२

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ-

सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि विस्तृत छानबिन प्रक्रिया अगाडि बढाएको छ। सत्तामा रहँदा पदको दुरुपयोग गरी अस्वाभाविक र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारमाथि अनुसन्धान सुरु गरिएको हो।

यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गम्भीर उजुरी परेको थियो। सोही उजुरीका आधारमा विभाग र सम्बन्धित निकायले अहिले विवरण संकलनलाई तीव्रता दिएका छन्।

७३ रोपनी जग्गा राडारमा

अनुसन्धानका क्रममा देउवाका छोरा जयवीर सिंह देउवा लगायत अन्य नजिकका नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण फेला परेको स्रोतले जनाएको छ। ती जग्गाहरू कुन स्रोतबाट र कसरी खरिद गरिएका हुन् भन्नेबारे प्रहरी र विभागले सुक्ष्म विश्लेषण गरिरहेका छन्।

घर भत्काउन रोक

यसैबीच, ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको देउवाको निजी निवास भत्काउने कार्यलाई प्रहरीले तत्कालका लागि रोकिदिएको छ। घर भत्काउँदा महत्त्वपूर्ण प्रमाणहरू नष्ट हुन सक्ने प्राविधिक र कानुनी आशङ्काका कारण सो रोक लगाइएको प्रहरीको भनाइ छ। अनुसन्धान नसकिँदासम्म उक्त संरचनालाई यथास्थितिमै राख्न निर्देशन दिइएको छ।

देउवा नेतृत्वको तत्कालीन सरकारका पालामा भएका आर्थिक निर्णयहरू र परिवारका सदस्यका नाममा देखिएका अस्वाभाविक लगानीलाई अहिले मुख्य कडी बनाएर अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणले नेपाली राजनीतिमा ठुलो तरङ्ग पैदा गरेको छ।

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ- सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ- सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि

पोडकास्ट सुन्नुहोस