२०८२ चैत्र १५ गते, आईतवार १५:१४

तीन जना पूर्व प्रधानमन्त्रीहरुमाथि अनुसन्धान सुरु

काठमाडौं –

मुलुकका तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिन प्रक्रिया थप सक्रिय बनेको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबारे अनुसन्धान अघि बढाइएको हो ।

सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले औपचारिक रूपमा अनुसन्धान प्रक्रिया सुरु गरेको सुरक्षा स्रोतहरूले जनाएको छ। यसै सन्दर्भमा विभागको निर्देशनअनुसार आइतबार पूर्वऊर्जा मन्त्री तथा कांग्रेस नेता दिपक खड्कालाई समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले पुष्टि गरेको छ।

सीआईबीका एआईजी डा. मनोज केसीले विभागको पत्रअनुसार खड्कालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए पनि तीन पूर्वप्रधानमन्त्रीहरूको विषयमा भने विस्तृत टिप्पणी गर्न चाहेनन्।

तर गृह मन्त्रालय निकट स्रोतका अनुसार विभागको पछिल्लो पत्राचारपछि सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति विवरण, लेनदेन र सम्बन्धित कागजातहरूको अध्ययनलाई तीव्र बनाएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवा निवासमा नगद भेटिएको चर्चा सार्वजनिक भएको थियो। त्यसपछि विभागले त्यहाँ पुगेर मुचुल्का समेत तयार पारेको थियो।

त्यसैगरी पुष्पकमल दाहाल (प्रचण्ड) परिवारसँग सम्बन्धित निवास र केपी शर्मा ओली  निवासमा समेत घटनास्थल मुचुल्का तयार पारेर प्रारम्भिक अनुसन्धान अघि बढाइएको थियो।

हाल विभागको निर्देशनपछि सीआईबीले सोही फाइललाई पुनः सक्रिय बनाउँदै थप गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ।

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ- सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्ति छानबिन सुरु: प्रमाण नष्ट हुने आशङ्कामा घर भत्काउन रोक

काठमाडौँ- सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि

पोडकास्ट सुन्नुहोस