२०८३ असार २३ गते, मंगलवार ०९:५८

इरानको आक्रमणमा भारतीय कामदारको मृत्यु

काठमाडौँ –

मध्यपूर्वमा बढ्दो तनावबीच इरानको आक्रमणले दुःखद रूप लिएको छ। कुवेतस्थित एक महत्त्वपूर्ण ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरिएको इरानी आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

कुवेतको विद्युत् तथा जल मन्त्रालयका अनुसार आक्रमणको निशानामा परेको उक्त प्लान्टमा कार्यरत भारतीय कामदारको ज्यान गएको हो। मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै आक्रमणका कारण प्लान्टमा उल्लेखनीय क्षति पुगेको र अत्यावश्यक सेवा सुचारु गर्न प्राविधिक टोली अहोरात्र खटिएको जनाएको छ।

यद्यपि, मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले संरचनात्मक रूपमा भवनमा ठूलो क्षति नभएको बताएकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसिका अनुसार क्षतिको मूल्याङ्कन अझै जारी रहेको छ।

यो घटनाले क्षेत्रीय द्वन्द्वको असर अब विदेशी श्रमिकसम्म पुगेको स्पष्ट देखाएको छ, जसले सुरक्षाबारे थप चिन्ता बढाएको छ।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस