२०८३ असार २३ गते, मंगलवार १०:०६

ओली पक्राउको विरोध चर्किँदै: आज पनि माइतीघरमा एमालेको शक्ति प्रदर्शन

काठमाडौँ-

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंग अझै थामिएको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राजधानीको माइतीघर मण्डलमा सशक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

ओलीलाई “राजनीतिक प्रतिशोधको शिकार” बनाइएको आरोप लगाउँदै एमाले सडकबाटै दबाब बढाउने रणनीतिमा देखिएको छ। पार्टीका अनुसार आज दिउँसो १ बजे सुरु हुने प्रदर्शन राजधानी प्रदेश कमिटीको संयोजनमा आयोजना हुँदैछ, जसमा ठूलो संख्यामा नेता–कार्यकर्ता उतार्ने तयारी गरिएको छ।

पार्टी सचिव महेश बस्नेत ले समर्थकलाई सडकमा उत्रिन खुला आह्वान गर्दै वर्तमान सरकारमाथि कडा प्रहार गरेका छन्। उनले सरकारको गतिविधिलाई “अधिनायकवादी शैलीतर्फ उन्मुख” भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन्।

ओली पक्राउ परेदेखि नै एमाले निरन्तर आन्दोलनमा उत्रिएको छ। माइतीघर केन्द्रित प्रदर्शनले अब राष्ट्रिय राजनीति थप तात्ने संकेत देखिएको छ।

प्रश्न उठ्न थालेको छ । यो आन्दोलन कति टाढासम्म जानेछ, र सत्ता–प्रतिपक्षको टकरावले देशलाई कुन दिशातर्फ लैजानेछ?

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस